कम्पनीको परिचय

0
1202

नेपालको संविधान २०७२ मा राज्यको निर्देशक सिद्धान्तको आर्थिक उदेश्यमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भनी  नीजिक्षेत्रवारे गरेको परिकल्पनाबाट यस क्षेत्रलाई एक आधार स्तंम्भको रुपमा स्वीकार गरिएको छ । अन्तरिम योजनाको आधारपत्रमा समावेश भएका विभिन्न नीति तथा कार्यक्रमहरुमा समेत नीजि क्षेत्रलाई आर्थिक समृद्धिको महत्वपूर्ण खम्बाको रुपमा लिई यसबाट  लगानी अभिवृद्धि गर्दै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक बिकासको महत्वपूर्ण माध्यम बनाउन शहरी तथा ग्रामीण बिकासमा सहयोग र सुदृढीकरण गर्दै स्वारोजगार सृर्जना गर्ने लक्ष्य निर्दिष्ट गरिएकाले विद्यमान गरिवी र असमानतालाई न्यूनिकरण गर्न सहयोग पुग्ने लक्ष्य राखिएको छ ।

यसैलाई मध्यनजर गर्दै यस हिमालयन पारामाउण्ट कम्पनी प्रा. लि. नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्र्तगत कम्पनी राजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा विधिवतरुपमा दर्ता गरि सञ्चालन गरिएको छ । नेपाल सरकारको नीति नियम र प्रचलित कानूनको अधिनमा रही राज्यको समृद्धिका लागि आफ्नो व्यवसायिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

यस कम्पनीले विशेष गरेर सार्वजनिक निर्माण सेवा (ठेक्का पट्टा), प्राविधिक परामर्श, सामाजिक परामर्श, सुरक्षित यातायात सेवा सञ्चालन गर्ने,  अध्यायन अनुसन्धान तथा परामर्श सेवा, चलचित्र तथा डकुमेन्ट्री निर्माण, रेडियो तथा दुर दर्शन सञ्चालन गर्ने उद्देश्य रहेको छ । यस साथै विभिन्न किसिमका शहरी विकास सम्वन्धि योजना तर्जुमा गर्ने, आवास विकास, सर्भे, योजना, प्लान आदिको विस्तृत परियोजना प्रतिवेदन  (DPR) तयार गर्ने, कम्प्युटर सम्वन्धि परामर्श सेवा, सफ्टवेयर तथा वेवपेज निर्माण, सञ्चालन एवं मर्मत (Software Maintenance) कम्प्यूटर नेटवर्किङ्ग (Computer Networking)  गर्ने, कम्प्युटर मर्मत गर्ने, कम्प्युटर हार्डवेयर, सफ्टवेयर खरिद विक्री तथा नेटवर्किङ्ग सम्वन्धि तालिमहरु प्रदान गर्ने, गराउने, छोटो तथा लामो अवधिका तालिमहरु सञ्चालन गर्ने उद्देश्य रहेको छ ।