कम्पनी परिचय
नेपालीहरू विभिन्न तरिकाबाट अमेरिकाको ग्रिन कार्ड लिईरहेका छन्। अमेरिकाको ग्रिन कार्ड (Green Card) अर्थात् कानुनी स्थायी बासिन्दा (Lawful Permanent Resident) हुनेहरू अमेरिकी आप्रवास र नागरिकता सम्बन्धी कानुन अन्तर्गतका आप्रवासी हुन् जसलाई अमेरिकाको कुनै पनि स्थानमा स्थायी रूपमा बसोबास गर्न र काम गर्न अधिकार हुन्छ र निश्चित समय पछि सबै प्रक्रिया पुगेमा यिनीहरूले अमेरिकाको नागरिकताको लागि आवेदन दिन पाउँछन्। ग्रिन कार्ड हुनेलाई केन्द्रीय सरकारबाट कानुन सम्मत दिइने सुविधा र अन्य अवसरहरू प्राप्त हुन्छन्। ग्रिन कार्ड लिएका नेपालीहरूलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अधिकार छ र उनीहरूलाई अमेरिका प्रवेश गर्दा भिसा लिईरहनु पर्दैन। तर, ग्रिन कार्ड हुनेले केन्द्र सरकारका जागिरहरू (Federal Jobs) गर्न पाउँदैनन्, ग्रिन कार्ड हुनेले अमेरिकाका कुनै पनि निर्वाचनहरूमा उम्मेदवार हुन् वा भोट दिन पाउँदैनन् र ग्रिन कार्ड…